कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महर्जनले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्।
यस्तै वडा नम्बर १ मा नेमकिपाको तर्फबाट कृष्णप्रसाद महर्जन र वडा नम्बर ४ मा महेश्वर सुवेदीले मनोनयन दर्ता गराएका छन्।
मंसिर १६ गते देशका ४४ वटा स्थानमा उपनिर्वाचन हुँदैछ। जसमध्ये तीन वटा स्थान कीर्तिपुरमा परेको छ।