प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेकोले सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए।
उनको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका हुन्।
अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आइतबार दिएको राजीनामा सोमबारदेखि लागू हुने राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएका हुन्। अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।
गत असार १७ गते सचिव नियुक्त भए पनि घिमिरे सचिवको जिम्मेवारीमा रमाउन सकेका थिएनन्।