प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।
बुधबार बस्ने भनिएको बैठकमा कोरम नपुग्ने र सामान्य प्रशासन मन्त्री पनि काठमाडौंबाहिर भएकाले स्थगित गरिएको हो।
समितिका सदस्यहरूलाई बैठक स्थगित भएकोबारे एसएमएसबाट सूचना पठाइएको थियो।
बैठक अब बिहीबार बिहान साढे ११ बजे बस्नेछ।
संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गर्ने बैठकको कार्यसूची छ।
समिति सभापति रामहरी खतिवडाले १५ जना सांसदले उपस्थित हुने प्रतिबद्धता जनाएको भएपनि मन्त्री अनुपस्थित भएकाले बैठक स्थगित भएको बताए।