नेकपा (एकीकृत समाजवादी) ले पार्टीको कार्यविभाजन टुंग्याएको छ।
एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि)–४ जारी गर्दै नेताहरूको कार्यविभाजन गरेको हो।
२०८१ असार १६ देखि २० गतेसम्म दसौं महाधिवेशन गरेको एकीकृत समाजवादीले गत भदौमा पदाधिकारी र पोलिट्ब्युरोको निर्वाचन गरेको थियो।
अहिले स्थायी कमिटी विस्तार गर्दै अपानि जारी गरेको छ।
त्यस्तै एकीकृत समाजवादीले सबै केन्द्रीय नेताहरूको जिम्मेवारी पनि तोकेको छ।
यसअघिकै बैठकले जिम्मेवारी बाँडफाँट गरेको भए पनि अपानि भने जारी गरेको थिएन।
सूची