कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रचलनमा ल्याउने प्रबन्ध गर्न लागिएको छ।
कोशी प्रदेशका तीन विपक्षी दलका तीन जना सांसदले लिम्बू भाषा र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याउने प्रबन्ध गर्नेगरी गैरसरकारी विधेयक दर्ता गराउन लागेका हुन्।
नेकपा माओवादी केन्द्रका सासद गोम्बु शेर्पा, एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बू र जसपाकी निर्मला लिम्बुले गैरसरकारी बिधेयक दर्ता गराउन लागेका हुन्।
एकीकृत समाजवादीका सांसद लुङ्बाले विधेयक आजै दर्ता गरिने बताइन्।