राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक चलिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा केही बेरअघि सुरू भएको सचिवालय बैठकमा यसअघिका निर्णयको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा पार्टीका अधिवेशनबारे छलफल गर्ने कार्यसूची छ।
त्यस्तै चितवनबाट आरम्भ भएको जनयात्रालाई निरन्तरता दिने विषयमा पनि बैठकले निर्णय गर्ने उनले बताए।
सचिवालय बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको कामबारे समेत छलफल गर्ने रास्वपाले बताएको छ।