नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षा विधेयक छिटो पास गर्न नै संसद् अधिवेशन बोलाइएको बताएका छन्।
सरकारले मंगलबार संसद् अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले बिहीबार नै संसद् अधिवेशन आह्वान गरिसकेका छन्।
एमाले महासचिव पोखरेलले बजेट अधिवेशन चाँडो बोलाउनुको अर्थ शिक्षकहरूको माग सम्बोधन गर्न भएको बताएका हुन्।
‘संसद अधिवेशन छिटो बोलाउनुको अर्थ विद्यालय शिक्षा विधेयक छिटो पास गर्न सहज होस् भन्ने पनि हो। अब शिक्षकहरूले आफ्ना मागहरूलाई बजेट अधिवेशन मार्फत् संबोधन गर्ने गरी वार्तामा संलग्न हुँदै विद्यालय सञ्चालनमा जुट्नु पर्छ,’ उनले भनेका छन्।
मन्त्रिपरिषद्को बैठकले माग पूरा गराउन तदारूकता देखाउने भने पनि आन्दोलनरत शिक्षकहरू मान्न तयार भएका छैनन्। उनीहरू विधेयक पारित नगरेसम्म सडकमै संघर्ष गरिरहने अडानमा छन्।
यो पनिः सभामुख घिमिरेले भने- बजेट अधिवेशनमा शिक्षा विधेयक टुंग्याउन सम्भव छैन