प्रहरी जवान पदको जाँचमा नक्कली परीक्षार्थी बन्ने अस्कल क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाहीलाई एमालेनिकट अनेरास्ववियुले निष्कासन गरेको छ।
शाहीलाई प्रहरी जवान पदका लागि अर्कै परीक्षार्थीको जाँच दिइरहेको अवस्थामा सोमबार प्रहरीले रत्नराज्य स्कुल मध्यबानेश्वरबाट पक्राउ गरेको थियो।
शाही गत स्ववियु निर्वाचनमा अस्कल क्याम्पसको सचिव विजयी भएका थिए।
अनेरास्ववियुको अस्कल क्याम्पस कमिटीले क्याम्पस कमिटीको सचिव पदबाट निष्कासन गरेको बताएको छ।
‘विभिन्न अनलाइन मिडियाले अमृत क्याम्पस कमिटीका सचिव गोपालबहादुर शाहीका बारेमा छापेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। मिति २०८२ वैशाख ६ गते पक्राउ गरेका व्यक्तिहरूसँग भएको फोन सम्पर्कका आधारमा अनेरास्ववियु अमृत क्याम्पस कमिटी सचिव गोपालबहादुर शाहीलाई अनुसन्धानका लागि प्रहरीले थुनामा राखेको हुनाले अनुसन्धानमा सहयोग पुर्याउनलाई अनुसन्धान अवधिभर क्याम्पस कमिटीको सचिव पदबाट मुक्त गरिएको छ,’ अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ।