नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
गर्बुजा म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद हुन्।
यसअघि कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ 'कान्छाराम' लाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए।
केही समयअघि म्याग्दी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले म्याग्दीले छिट्टै मन्त्री पाउने बताएका थिए।
उनी कांग्रेस म्याग्दी सभापति पनि हुन्। उनी सभापति देउवानिकट मानिन्छन्।