सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो।
त्यसअघि प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्न बाँकी रहेका सांसदहरूले आफ्ना धारण राखेका थिए। लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जबाफ दिएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रममाथिको संशोधनहरू प्रस्तुत गरेका थिए। ती संशोधनहरू बहुमतले अस्वीकृत गरेपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रम पारित भएसँगै आजैबाट प्रतिनिधि सभामा प्रि–बजेट छलफल सुरू भएको छ।