नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा चढ्ने भएका छन्।
महामन्त्री शर्माले सगरमाथा आरोहणका लागि अनुमति लिएका हुन्।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार महामन्त्री शर्माले सगरमाथा आरोहणका लागि अनुमति प्राप्त गरेका हुन्।
महामन्त्री शर्मा केही समयदेखि सगरमाथा आधार शिविर क्षेत्रमै छन्।

महामन्त्री शर्माका स्वकीय सचिव दिनेश थापा मगरले पनि महामन्त्री शर्मा सगरमाथा आधार शिविरमै रहेको र सगरमाथा आरोहणका लागि अनुमति लिइएको सेतोपाटीलाई जानकारी दिए।
‘महामन्त्रीज्यू केही दिनदेखि सगरमाथा आधार शिविरमै हुनुहुन्छ, मौसम र स्वास्थ्यले साथ दिएमा उहाँले यसैपालि सगरमाथा आरोहण गर्नुहुन्छ,’ उनले भने।
यसअघि महामन्त्री शर्माले गत मंसिरमा लोबुचे हिमाल आरोहण गरेका थिए।
यो पनि:
कांग्रेस महामन्त्री शर्माले चढे लोबुचे हिमाल, हिमाली क्षेत्रको अवस्था संसदलाई बताउने
विश्वप्रकाश शर्मालाई प्रश्न- हिमालको उचाइ छुन सजिलो कि राजनीतिको? (भिडिओ)