नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन्।
बैतडीको पाटनबाट 'जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान' सुरू गरी पुगेका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पुर्याउने लक्ष्य लिएको बताए।
'बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौं,' उनले भने, 'विशेषतः तराईका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु।'
उनले मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै वर्तमान सत्तालाई जनमुखी बनाउन पहल आवश्यक रहेको बताए ।
परशुराम, अजमेरू कोट क्षेत्रको पर्यटन विकास, डडेल्धुरा–भारत सिमानामा भन्सार स्थापनाजस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।