राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा आज एयर इन्डियाको जहाज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले अहमदाबादबाट लण्डनतर्फ उडेको यात्रु बोकेको जहाज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका हुन्।
सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपतिले गहिरो दुःख व्यक्त गरेका छन्।
अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो १:३८ बजे उडान भरेको जहाज मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको थियो।
जहाजमा १५९ जना भारतीय, ५३ जना बेलायती, एक क्यानाडेली र सात जना पोर्चुगलका यात्रु सवार थिए।