संघीय लोकतान्त्रिक मोर्चाको बैठकले ४ निर्णय गरेको छ।
शुक्रबार राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय शान्तिनगरमा राजेन्द्र महतोको अध्यक्षतामा बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले ४ निर्णय गरेको हो।
यी हुन् निर्णय:
१. मोर्चाको अर्को बैठक बस्नुअघि मोर्चाका सबै घटक दलहरूबाट सुझाव लिई कार्यविधिलाई पूर्णता दिई मोर्चाको आउने बैठकमा निर्णयार्थ पेस गर्ने।
२. आदिवासी जनजातिहरूको सवालमा काम गरिरहेका राजनीति दल र संगठनहरूसँग सहकार्य गर्ने। र सो कार्यको लागि मोर्चाको सचिवालयले सहकार्यको लागि संवादलाई अगाडि बढाउने।
३. भिजिट भिसाको सम्बन्धमा छानबिन गरी सत्य तथ्य सार्वजनिक गरिनुपर्ने र मानव तस्करी तथा भ्रष्टाचारमा संलग्न अपराधीहरू उपर कडा कारबाही गर्न माग गर्ने।
४. हिजो भारतको अहमदाबादस्थित विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटना भएको अकल्पनीय घटनाप्रति बैठकद्वारा गहिरो दु:ख व्यक्त। उक्त दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त।