प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलाई सभामुख देवराज घिमिरेले समय दिएपनि नाराबाजी गरिरहेका छन्।
आइतबार दिउँसो पौने १ बजेतिर सुरू भएको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बावजुड सभामुख घिमिरेले सञ्चालन गरेका छन्।
यसैबीच सभामुख घिमिरेले कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, नेकपा एमालेका सांसद योगेश भट्टराईलाई समय दिए।
उनीहरू बोलिरहँदा रास्वपाका सांसदहरूले वेल घेराउ गरे।
त्यसपछि सभामुख घिमिरेले रास्वपाका प्रमुख सचेतक परियारलाई समय दिएका थिए।
सभामुख घिमिरेले सन्तोष परियारको नाम तीन पटक सम्म बोलाए। तर परियारले भने नाराबाजी गरिरहेका थिए।