राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसेको छ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा शनिबार बिहान केन्द्रीय समितिको बैठक जारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठक बिहान साढे ८ बजेदेखि सुरू भएको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थिती र पार्टीले घोषणा गरेको अभियानबारे छलफल हुने बताइएको छ।