टेलिभिजन कार्यक्रम ऐनाको दोस्रो सिजन असार २० गतेदेखि प्रशारण हुने भएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ऐना कार्यक्रम सञ्चालन गर्ने भएका हुन्। उनी ऐनाको पहिलो सिजनमा पनि कार्यक्रम सञ्चालक थिए।
ऐना कार्यक्रम कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमा प्रशारण हुने द होराइजन मल्टिमिडिया प्रालिका निर्देशक प्रकाश लामिछानेले निकालेको विज्ञप्तिमा उल्लेख छ।