नेकपा (माओवादी केन्द्र)सहित पाँच कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल सुरू भएको छ।
शनिबार दिउँसो पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा पाँच कम्युनिस्ट पार्टीका नेताहरू छलफलमा जुटेका हुन्।
उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।