संयुक्त लोकतान्त्रिक मोर्चाले मंगलबार दिउँसो बैठक आह्वान गरेको छ। मंगलबार दिउँसो २ बजे शंखमुल स्थित होटेल ए–वन प्यालेसमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बस्ने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।
उनको अनुसार भोलि बस्ने बैठकमा रुपन्देही– ३ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ। त्यहाँ मोर्चाले साझा उम्मेदवार उठाउने तयारी गरेको छ। तर मोर्चा घटना जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कुरा मिलेको छैन।
बैठकमा निजामती सेवा ऐन र संवैधानिक नियुक्तिबारे पनि छलफल हुनेछ।
अहिले मोर्चाको अध्यक्ष वृषेशचन्द्र लाल छन्। मोर्चाको अध्यक्षता सात दलकाबीचमा चक्रिय प्रणालीबाट हुनेछ।