संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा छानबिन गर्न गठन भएको समितिको पहिलो बैठक बसेको छ।
कुलिङ पिरियडमा भएको हेरफेरका सन्दर्भमा अध्ययन तथा छानबिन विशेष समितिको बैठक मंगलबार बसेको हो।
सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक बसेको हो।
छानबिन समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई-दुई जना सांसद छन् भने माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना छन्।
कर्मचारी अवकाश वा राजीनामाको मितिले दुई वर्षसम्म संवैधानिक तथा कूटनीतिक नियुक्तिमा रोक लगाउने गरी निजामति सेवा विधेयकमा व्यवस्था गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले निर्णय गरे पनि प्रतिवेदन तयार गरी प्रतिनिधि सभाबाट विधेयक पारित भएर आउँदा त्यसमा फरकपन देखिएपछि छानबिन गर्न लागिएको हो।
कांग्रेस सांसद जीवन परियार नेतृत्वको यस समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ। सभामुख घिमिरेले सोमबार सदनबाट छानबिन समिति गठन गरेका थिए।
तस्बिरहरू:
-1751957454.jpeg)
-1751957452.jpeg)
-1751957452.jpeg)
-1751957450.jpeg)
-1751957450.jpeg)
-1751957449.jpeg)
-1751957449.jpeg)
-1751957447.jpeg)
-1751957447.jpeg)
-1751957447.jpeg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।