सत्तारूढ दल नेकपा (एमाले)का सांसद दामोदर पौडेल 'बैरागी'ले रास्वपाले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)की सांसद सोबिता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका केही मान्छेहरू नफर्किएको बताएकी थिइन्।
त्यसको जबाफ दिँदै सांसद पौडेलले मन लागेको कुरा बोल्ने र सदन बहिस्कार गरेर हिँड्ने प्रवृत्ति देखिएको बताए।
'यो विषय उहाँले किन राख्नुभयो? केका आधारमा राख्नुभयो? उहाँले राखेको विषय उहाँले पुष्टि गर्न पर्छ कि पर्दैन? जतिखेर जुनकुरा मन लाग्यो, जसलाई आरोप लगाउन मन लाग्यो त्यो कुरा राख्ने र सदन बहिस्कार गरेर हिँड्ने!,' उनले भने।
रास्वपा सांसद गौतमले प्रधानमन्त्री गएकै कार्यक्रममा गएका मान्छे नफर्किनु गम्भीर विषय रहेको बताएकी थिइन्।
‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो,’ संसदमा उनले भनेकी थिइन्।
सोबिताको आरोपबारे प्रधानमन्त्री सचिवालयले पनि ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीसँगै स्पेन गएका को आएनन् भन्ने विषय खुलाउन पनि चुनौती दिएको छ।
यो पनिः
सोबितालाई लक्ष्य गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो- स्पेन गएको को स्वदेश फर्किएन, नाम बताइदिनुपर्यो
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएकाहरू फर्किएनन्: सोबिता गौतम