पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठकसँग प्रहरीले सोधपुछ गरिरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार बोलाएपछि पाठक हाजिर भएको एसपी अपिलराज बोहराले जानकारी दिए।
'श्री ५ महाराजधिराज' भनेर सम्बोधन गरिएका लेटरप्याड प्रयोग गरेको विषयमा सोधपुछ गर्न परिसर ल्याइएको बोहराले बताए।
‘पाठकलाई नेपालको संविधानले नचिनेको श्री ५ महाराजधिराज भनेर सम्बोधन गर्ने र संविधानले नचिनेको संवाद सचिवालय भनी सम्बोधन र लेटरप्याडमा सूचना दिने गरेकाले केही बुझ्न भनेर आज ल्याइएको हो,’ एसपी बोहराले बताए।