१२ वटा कम्युनिस्ट पार्टीहरूले इसराइलले गजामा गरेको 'नरसंहार' र इरानमा गरेको हमलाको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपासहित १२ वटा कम्युनिस्ट पार्टीहरूले गजा क्षेत्रमा इसराइलले 'नरसंहार' र हाल इरानमाथि भएको हमलाका विरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा माओवादी केन्द्रका महासचिव देव गुरूङ, लीलामणि पोखरेल, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुती लगायत विभिन्न कम्युनिस्ट घटकका नेता कार्यकर्ताहरू सहभागी थिए।
उनीहरूले 'साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर' भन्ने नाराका साथ शान्तिबाटिका (रत्नपार्क)बाट जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर सभा गरेका थिए।
असार १९ गते नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिस्ट पार्टीको बैठकले इसराइलले गजा र इरानमाथि गरेको आक्रमणको विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।
तस्बिरहरू:
-1752227971.jpg)
-1752227969.jpg)
-1752227969.jpg)
-1752227958.jpg)
-1752227959.jpg)
-1752227965.jpg)
-1752227965.jpg)
-1752227956.jpg)
-1752227956.jpg)
-1752227953.jpg)
-1752227953.jpg)
-1752227949.jpg)
-1752227949.jpg)
-1752227952.jpg)
-1752227952.jpg)
-1752227946.jpg)
-1752227946.jpg)
-1752227945.jpg)
-1752227945.jpg)
-1752227941.jpg)
-1752227942.jpg)
-1752227942.jpg)
-1752227943.jpg)
-1752227940.jpg)