संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा छानबिन गर्न गठन भएको समितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुरासँग बयान लिने भएको छ।
नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित सात सदस्यीय समितिले आइतबार समितिका सचिव दुरा, उपसचिव र शाखा अधिकृतसँग बयान लिन लागेको समितिका एक सांसदले बताए।