प्रतिनिधि सभा बैठक सुरू भएको छ।
संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेदेखि बैठक सुरू भएको हो।
प्रतिनिधि सभा बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिस्कार गर्दै आएको छ। उसले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने अडान राखेको छ।
पछिल्लोपटक मन्त्रीले घुसको डिल गरेको अडिओ सार्वजनिक भएपछिको बैठकलाई चासोको साथ हेरिएको छ।
सोमबारको बैठकमा सभामुख प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।
त्यस्तै विभिन्न मन्त्रालयका सम्बन्धित मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम रहनेछ।
आज सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले 'राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
लाइभः