मन्त्रिपरिषद्को बैठक सुरू भएको छ।
सोमबार साँझ बालुवाटारमा सुरू भएको बैठकमा घुस डिल अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी भएका छन्।
घुस डिल गरेकोसम्बन्धी अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक भएको थियो।
मन्त्री गुप्ता नेकपा (एमाले) का सांसद र केन्द्रीय सदस्य पनि हुन्।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्छन् कि राजीनामा दिन लगाउँछन्?
घुस डिल गर्दै मन्त्री गुप्तालाई १५ लाख अहिले लिनु, १० लाख भोलि ल्याइदिन्छु भनेको अडिओ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको 'घुस डिल गरेको'सम्बन्धी अडिओ सार्वजनिक भएको छ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भइरहेको छ।
यो पनि: प्रधानमन्त्रीजी, मन्त्री गुप्तालाई बर्खास्त गर्नुस् कि उनको बचाउ गर्नुहोस्!
मन्त्री गुप्ताले घुस डिल गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको लगायत विवरणसहित नयाँ पत्रिका दैनिक र सिधाकुरा अनलाइनले समाचार प्रकाशित गरेका थिए।
सेतोपाटीलाई पनि उक्त अडिओ प्राप्त भएको छ। उक्त अडिओमा मन्त्री गुप्तालाई '१५ लाख अहिले लिनु, भोलि १० लाख ल्याइदिन्छु' भनेको सुनिन्छ।
'घुस डिल' गरेको अडिओ सार्वजनिक भएको चार दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए।
सोमबार बिहान प्रधानमन्त्री ओली र मन्त्री गुप्ताबीच कुराकानी भएको थियो। प्रधानमन्त्री मध्यपश्चिम विश्वविद्यालय सिनेट बैठकमा सहभागी भएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भवन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए।
मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका छन्।
‘मलाई ७८ लाख घुस दिइयो भनिएको छ तर कसले दियो मलाई ७८ लाख पैसा?,’ मन्त्री गुप्ताले सेतोपाटीसँग भने।
सुन्नुहोस् घुस डिल गरेको अडिओ: