गृह मन्त्रालयले अध्यागमन विभागका प्रमुखसहित पाँच जनाको सरूवा गरेको छ।
मंगलबार गृहले अध्यागमन विभाग कालिकास्थानमा सहसचिव रामचन्द्र तिवारीलाई महानिर्देशकको रूपमा पठाएको छ।
उनी यसअघि गृहका प्रवक्ता थिए।
अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई गृहले मन्त्रालयमा सरूवा गरेको हो।
त्यस्तै अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको गृहमा सरूवा भएको छ।
उनको सट्टामा प्रमुख अध्यागमन अधिकृतको रूपमा जिल्ला प्रशासन कार्यालय खोटाङमा कार्यरत नरहरि घिमिरेको सरूवा भएको छ।
खोटाङमा गृहमा रहेकी सहसचिव कल्पना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन गरिएको छ।