नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र जथाभावी बोल्ने र अनुशासन तोड्नेको प्रतिवाद गर्नुपर्ने बताएका छन्।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पार्टी पक्षपोषण गर्नुको सट्टा निराशा फैलाउने र अनुशासन तोड्न खोजिए त्यसको प्रतिवाद गर्नुपर्ने बताएका हुन्।
'पार्टीको पक्षपोषण गर्ने हो, पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्छ । पार्टीलाई अनुशासनमा अघि बढाउन सके त्यसले जनतामा आशा जगाउँछ,' उनले भने।
उनले आन्तरिक कुराहरू पार्टीभित्रै मिलाउनुपर्ने पनि बताए।
'आन्तरिक कुरा पार्टीभित्र गर्ने हो। जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्त भन्दा अर्को वैज्ञानिक र क्रान्तिकारी व्यवहारिक सिद्धान्त आएको छैन,' उनले भने।
उनले पार्टीमाथि चुनौती आएको भनेर निराश हुन आवश्यक नरेहको पनि बताए।
'सबै किसिमको चुनौतिको सामना गर्ने वैचारिक संघर्षसित जोडिएको कुरा होस्, संगठनात्मक निर्माणसँग जोडिएको होस्, आन्दोलनको मोर्चामा उत्रिनुपर्ने कुरा होस्, जस्तोसुकै चुनौतिको पनि सामना गर्ने यदी आँट, साामथ्र्य छ भने र त्यही उद्देश्यअनुरुप अघि बढिरहिन्छ भने सही विचार पनि प्राप्त गर्न सकिन्छ । संगठनालाई उचाईमा पु¥याउन सकिन्छ । यो हाम्रो अनुभवले बताएको कुरा हो,' उनले भने। -न्युज एजेन्सी नेपाल