आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देवता भेट्न बरू सहज रहेको तर परराष्ट्र मन्त्री भेट्न गाह्रो भएको टिप्पणी गरेकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।
उनले रौतहटका जयप्रकाश साह करिब एक वर्षदेखि युक्रेनमा फसेको तर उद्धारमा कसैले चासो नदेखाएको बताए।
पीडित परिवार उद्धारका लागि भन्दै सरकारी कार्यालयहरू धाइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको बताए।
सांसद साहले भने, ‘रौतहटको जयप्रकाश साह झन्डै एक वर्षदेखि युक्रेनमा फसेको छ। जयप्रकाश जस्तै सयौँ मानिसहरु युक्रेनमा फसेका छन्। त्यसलाई उद्धार गर्न कसैको वास्ता छैन। पीडितहरू सरकारी निकाय घुमिरहेका छन्। युक्रेनबाट मान्छे फर्काइदेऊ भनेर घुमिरहेका छन्। मैले नजिकबाट हेर्दा देउता भेट्न सहज छ तर परराष्ट्रमन्त्री भेट्न गाह्रो छ।’
सांसद साहले बत्ती झ्याप झ्याप गइरहेको भन्दै बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्न आग्रह गरे।
‘सरकारको लापरबाहीले बिजुली बत्ती झ्यापझ्याप गइरहेको छ। कि त भन्नुपर्छ सरकारको कुनै भूमिका होइन। म्यानेजमेण्टकै भूमिका हो भने किन बत्ती गइरहेको छ। बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्नुस्,’ उनले भने।
—न्युज एजेन्सी नेपाल