नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, नेता शेखर कोइराला, संघीय सरकारका चार-पाँच जना मन्त्रीसहितको बैठक बोलाएका छन्।
बूढानीलकण्ठस्थित निवासमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई बताए।
बैठकमा विभिन्न प्रदेशका नेता तथा प्रचार विभाग प्रमुखलगायतलाई पनि बोलाइएको छ।
संसदमा रहेका विभिन्न विधेयक, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन्।