शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यलयमा पेरिसडाँडामा धर्ना दिएका छन्।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ११ बजेदेखि दिउसो १ बजेसम्म २ घन्टा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।
शिक्षक महासंघले बिहीबार एमाले कार्यालयमा धर्ना दिएका थिए।
यसअघि बुधबार शिक्षक महासंघले नेपाली कांग्रेसको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए। शुक्रबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा शिक्षक महासंघले धर्ना दिने कार्यक्रम छ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भइसकेको छ।
प्रतिनिधि सभाबाट पारित भएर विधेयक राष्ट्रिय सभामा जाने र त्यहाँबाट पारित भई अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। विधेयक प्रमाणीकरण भएपछि ऐनको रूप लिनेछ।
तस्बिरहरूः
-ink-1756457260.jpeg)
-ink-1756457259.jpeg)
-ink-1756457259.jpeg)
-ink-1756457259.jpeg)
-ink-1756457258.jpeg)
-ink-1756457258.jpeg)
-ink-1756457258.jpeg)
-ink-1756457258.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी।