राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ। सोमबार पनि सो कार्यसूची तय भए पनि समितिमा विधेयकमाथिको छलफल नसकिएको पेस हुन नसकेको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी, आजै दुई संसदीय समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूचीअनुसार राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गर्ने कार्यक्रम छ। यसैगरी, विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयक २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ।