विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन्।
नेविसंघलगायत विद्यार्थी संगठनका नेताहरूले बुधबार राष्ट्रपति पौडेललाई शीतल निवासमा भेटेर विद्यालय शिक्षा विधेयकबारे ध्यानाकर्षण गराएका हुन्।
विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्रीभन्दा पनि शिक्षकमैत्री बनिरहेको गुनासो आइरहेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले राष्ट्रपतिलाई भेटेर विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउनका निम्ति ध्यानाकर्षण गराइएको बताए।
जबाफमा राष्ट्रपति पौडेलले शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउन पहल गर्ने बताएका थिए।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भइसकेको छ। तर नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरू भने कतिपय व्यवस्थालाई लिएर सडक आन्दोलनमा छन्।