काठमाडौंको बानेश्वरमा जारी प्रदर्शनमा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।
सोमबार मध्यान्हमा प्रदर्शनकारीले ब्यारिकेड तोडेर अगाडि बढेका हुन्।
त्यस्तै, संसद भवन तर्फ जानेक्रममा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको हो।
केही युवाहरू प्रहरी बस्ने गार्ड हाउस माथि चढेका छन्। उनीहरूमाथि पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रहरीले संसद भवन प्रवेश गर्न खोजेका युवाहरूलाई हटाउने प्रयास गरिरहेका छन्।