प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा सोमबार भएको जेनजी प्रदर्शनमा प्रहरीले रबरको गोली प्रहार गरेको छ। गोली लागेर एक जना घाइते भएका छन्।
कमल गाउँपालिका वडा नम्बर ५ का प्रकाश भट्टराईलाई तिघ्रामा गोली लागेको छ। उनलाई दमक अस्पतालमा उपचारका लागि लगिएको प्रत्यक्षदर्शी रोशन भण्डारीले जानकारी दिएका छन्।
गोली चलेपछि दमक अहिले तनावग्रस्त छ। प्रदर्शनकारीहरूले दमक नगरमा धेरै बाइकमा आगजनी गरेका छन्।
दमक चोकमा सुरू भएको प्रदर्शन नगरपालिकातिर अघि बढेको थियो। त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो।