काठमाडौंको बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ।
सोमबार मध्याह्न साढे १२ बजे काठमाडौं प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि जेनजी आन्दोलनले घर फर्किन आह्वान गरेको थियो। त्यसका बाबजुद पनि बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ।
अहिले प्रदर्शनकारीले ठाउँ-ठाउँमा आगजनी गरिरहेका छन्। कतिपयले संसद भवनको गेट अगाडि पनि प्रदर्शन जारी राखेका छन्।
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ। गोली लागेका कतिपय पत्रकार पनि छन्।
करिब दर्जन प्रदर्शनकारीहरू घाइते समेत भएका छन्। उनीहरूलाई बानेश्वर नजिकैको सिभिल अस्पतालमा पुर्याइएको छ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीहरू फर्केका छैनन्।
जेनजी आन्दोलनले हिंसात्मक र विध्वंसकारी गतिविधि समेत हुन थालेपछि त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू आफ्ना प्रतिनिधि नभएको पनि भनिसकेको छ।
सोमबार दिउँसो आन्दोलनको व्यवस्थापनमा सहभागी प्रदीप ज्ञवालीले यो आन्दोलनमा विध्वंस र हिंसात्मक गतिविधि गर्नेहरू आफ्ना प्रतिनिधि नरहेको बताएका छन्।
‘विध्वंस वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू हाम्रो हिस्सा होइनन्,’ उनले भने।
आन्दोलनले सुरूदेखि नै शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको उनले बताए।
‘हामीले सुरूदेखि नै यो प्रदर्शन शान्तिपूर्ण गर्ने भनेर भनिरहेका थियौं। यसमा कुनै आधिकारिक आयोजक, नेतृत्व नभएको र आवाज मात्रै उठाउन भेला हुने भनेका थियौं,’ उनले भने, ‘घुसपैठ हुनसक्ने अनुमान हामीले गरेका थियौं। घुसपैठ भएपछि फर्किन आह्वान गर्यौं।’
तस्बिरहरूः
-1757318406.jpg)
-1757318406.jpg)
-1757318405.jpg)
-1757318404.jpg)
-1757318404.jpg)
-1757318403.jpg)
-1757318403.jpg)
-1757318375.jpg)
-1757318355.jpg)
-1757318352.jpg)
-1757318338.jpg)
-1757318338.jpg)
