बानेश्वरमा सेना परिचालन भएको छ।
जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि बानेश्वरमा कर्फ्यू आदेश जारी भएको थियो।
कर्फ्यू आदेश कार्यान्वयन गराउन स्थानीय प्रशासनको अनुरोधमा सेना परिचालन गरिएको हो।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथि राजाराम बस्नेतले शान्ति सुरक्षा कायम गर्न एउटा सानो टुकडी तैनाथ गरिएको बताएका थिए।
सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको छ।
कर्फ्यू आदेशपछि पनि बानेश्वरमा प्रदर्शन जारी छ।
उनीहरूले संसद भवनको मूल गेटमा तोडफोड र आगजनी गरेका छन्।
प्रहरीको गोली लागेर घाइते भएकाहरूहरूलाई उपचारका लागि सिभिल अस्पताल, ट्रमा सेन्टर र टिचिङ अस्पताल लगिएको छ।
गोली लागेका एक जनाको मृत्यु भएको छ।
तस्बिरहरूः
-ink-1757322960.jpeg)
-ink-1757322959.jpeg)
-ink-1757322959.jpeg)
-ink-1757322960.jpeg)
-ink-1757322958.jpeg)
-ink-1757322958.jpeg)
-ink-1757322956.jpeg)
-ink-1757322957.jpeg)
-ink-1757322957.jpeg)
-ink-1757322957.jpeg)
-ink-1757322956.jpeg)
-ink-1757322956.jpeg)
-ink-1757322956.jpeg)
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।