काठमाडौंको बानेश्वरमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
ट्रमा सेन्टरमा उपचारका लागिएका चार जनाको मृत्यु भएको ट्रमा सेन्टरका एक डाक्टरले जानकारी दिए।
त्यस्तै बानेश्वरकै सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।
योसँगै ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
ट्रमा सेन्टर र सिभिल अस्पतालमा घाइतेहरू भरिभराउ भएका छन्।
सोमबार दिउँसो ९ बजेदेखि सुरू भएको आन्दोलन पछि भड्किएको हो। प्रहरीले अश्रुग्यास, पानीको फोहरा प्रहार गरेको थियो। पछि गोली समेत प्रहार गरेको हो।