नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने बताएका छन्।
सेतोपाटीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले अहिले विध्वंश, तोडफोड र देशव्यापी बनेको आगजनी रोक्न अध्यक्षले निकास दिनुपर्ने बताएका हुन्।
‘प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि राजीनामा दिनुपर्छ,’ उनले भने।