नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा आगजनी भएको छ।
प्रदर्शनकारीहरूले स्वयंभूस्थित पाण्डेको घरमा मंगलबार मध्याह्न आगजनी गरेको हो।
'झन्डै एक घन्टादेखि आगो लागिरहेको छ। निभाउन प्रहरी आएन,' उपाध्यक्ष पाण्डेले सेतोपाटीसँग भने।
सोमबारदेखि काठमाडौंमा जारी जेनजीको प्रदर्शन दोस्रो दिन मंगलबार उग्र रूप लिएको छ।
प्रदर्शनकारीहरूले काठमाडौंमा कर्फ्यूको परवाह नगरी आन्दोलनमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले नेताको घरलाई लक्ष्य गरी तोडफोड र आगजनी गरिरहेका छन्।