प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा राजनीतिक दलहरूबाट दुई जना मात्र सहभागी भएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राति ९ बजेपछि भएको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ सहभागी भएका हुन्।
राष्ट्रपति निवासको सानो हलमा भएको शपथ ग्रहण समारोहमा जेन–जी प्रतिनिधिहरूको भने बाक्लै सहभागिता थियो।
जेन–जी प्रतिनिधिका रूपमा अघि देखिएका सुदन गुरूङ सहितका प्रतिनिधिले प्रधानमन्त्री कार्की सहितसँग हात उठाएर ऐक्यबद्धता जनाएका थिए।
शपथ ग्रहण समारोहमा अमेरिका, चीन र भारतका राजदूत सहभागी भएका थिए।
त्यस्तै मुख्य सचिव एकनारायण अर्याल र सुरक्षा अंगका प्रमुखहरू सहभागी थिए।