गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्।
सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई उक्त राहत रकम दिने निर्णय गरेका हुन्।
यस्तै, राष्ट्रिय झन्डा झुकाउँदै राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उनले बताए।
शवको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
त्यसैगरी, शवलाई सरकारले घरसम्म पुर्याउने र नसकिने ठाउँमा हेलिकप्टरको प्रयोग गर्ने निर्णय गरेको हो।
तस्बिरहरू:
-1757923286.jpg)
-1757923287.jpg)
-1757923286.jpg)
-1757923286.jpg)
-1757923285.jpg)
-1757923285.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी