ऊर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्।
शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका मृतकका आफन्तलाई भेटेर मात्रै मन्त्री घिसिङ सिंहदरबार पुगेका थिए।
ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका हुन्।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेदपछि उनलाई विद्युत प्राधिकरणबाट हटाइएको थियो।
प्राधिकरणमा अहिले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक छन्।
पदभार ग्रहणका तस्बिरहरूः
-ink-1757926745.jpeg)
-ink-1757926746.jpeg)
-ink-1757926746.jpeg)
-ink-1757926744.jpeg)
-ink-1757926746.jpeg)
-ink-1757926746.jpeg)
-ink-1757926747.jpeg)
-ink-1757926744.jpeg)
-ink-1757926744.jpeg)