नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न पौने ३ बजे सुरू भएको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक सुरू भएको हो। असोज २८ गते सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नियमित वा विशेष महाधिवेशनलगायतका एजेन्डाहरू छन्। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समितिका एजेन्डा तय गरेको हो।
कांग्रेसमा मंसिरभित्रै महाधिवेशन वा विशेष महाधिवेशनका लागि माग भइरहेको छ। ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्।
तस्बिरहरू:
-ink-1760606573.jpeg)
-ink-1760606571.jpeg)
-ink-1760606572.jpeg)
-ink-1760606569.jpeg)
-ink-1760606570.jpeg)
-ink-1760606569.jpeg)
-ink-1760606571.jpeg)
-ink-1760606573.jpeg)
-ink-1760606568.jpeg)
-ink-1760606568.jpeg)
-ink-1760606569.jpeg)
-ink-1760606572.jpeg)


