सर्वोच्च अदालतमा सरकारले राजदूत फिर्ता बोलाउने गरेको निर्णयविरूद्ध रिट दायर भएको छ।
आइतबार सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेको सहरजिस्ट्रर तथा प्रवक्ता अर्जुनप्रसद कोइरालाले जानकारी दिए।
मन्त्रिपरिषद बैठकले असोज ३० गते ११ जना राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको थियो।
चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
उनीहरूलाई कात्तिक २० गतेसम्म स्वदेश फर्किसक्न सरकारले समय दिएको थियो।