पूर्व ऊर्जामन्त्री दीपक खड्का सार्वजनिक भएका छन्।
सोमबार बिहान खड्काले जेनजी आन्दोलन क्रममा जलेको बूढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकारहरूसँग कुरा गरेका हुन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा ऊर्जामन्त्री खड्का देश छाडेर भागिसकेको बताएका थिए।
उनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा छानबिन थालेपछि तत्कालीन ऊर्जामन्त्री देश छाडेर भागेको र अरू पनि भाग्न खोजेको बताएका थिए।
सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले आफू देश छाडेर कतै नगएको बताएका छन्।
'भाग्नुपर्ने कुनै कारण छैन। आन्दोलनको विषयमा छानबिनका लागि तत्कालीन सरकारले निर्णय नै गरेको छ। भाग्न किन पर्यो,' उनले भने, 'यस्तो झिनामसिना कुराले छुने, डराउने भन्ने कुरा हुँदैन। सबै कुराहरूको फेस गर्न तयार छु।'
यो पनिः तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्: गृहमन्त्री अर्याल