राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ ।
आयोगले बुधवार प्रसाईसँग छलफल गरेको हो।
प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो।
आन्दोलनका स्वरुपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राखेको प्रसाईंले जानकारी दिए।
'यो आन्दोलनमा बन्दुक, बारूद बोक्ने, सिंहदरबार र मान्छेका घर जलाउने आन्दोलन होइन भन्यौं,' प्रसाईंले बैठकपछि पत्रकारहरूसँग भने।
उनले मंसिर ७ गतेदेखि बन्द आह्वान गरिएको पनि बताए।
आयोगलाई आफ्नो आन्दोलनबारे जानकारी गराएको पनि प्रसाईंले बताएका छन्।