नेकपा (एमाले) ले गुण्डुमा युथ भोलेन्टियर भेला गरेको छ।
भेलामा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।
राष्ट्रिय युवा संघले पछिल्लो समय युथ भोलेन्टियर गठन गरेको छ।
शनिबार निकोलस भूसालसहितको समूहले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको घर घेर्ने भन्दै आह्वान गरेको थियो। त्यसको जबाफ स्वरूप एमालेले युथ भोलेन्टियरको ब्यानरमा कार्यकर्ता उतारेको छ।
शनिबार पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर भेलाको आह्वान गरेका थिए। जनसंगठन समन्वय संयन्त्रले भेलाको समन्वय गरेको छ।
तस्बिरहरू:



