राप्रपा महामन्त्री धवल शम्शेर राणाले आफूनिकट नेताहरूको भेला बालुवाटारमा राखेका छन्।
बालुवाटारस्थित नेपाल हाउसमा आज मध्याह्न साढे १२ बजेदेखि भेला भइरहेको छ।
भेलामा महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रतिवेदन नै पेस गरेका छन्।
कात्तिक २७ र २८ मा अध्यक्ष लिङ्देनले केन्द्रीय समिति बैठक आह्वान गरेका छन्।
उक्त बैठक तयारीका लागि महामन्त्री राणाले आज आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला गरेका हुन्।
तस्बिरहरू:









