नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गर्दैछन्।
बुधबार प्रचण्डसँग भेट्न लागेको कुरा खनालले सेतोपाटीलाई जानकारी दिए।
‘म अहिले प्रचण्ड भेट्न जाँदैछु,' उनले भने।
जेनजी प्रदर्शनका क्रममा उनको घरमा आगजनी हुँदा झलनाथ पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी थिइन्।
उनको अहिले भारतमा उपचार भइरहेको छ।
पत्नीको उपचारका लागि सहयोग र सद्भाव व्यक्त गर्ने नेताहरूलाई भेटेर आफूले धन्यवाद दिइरहेको र प्रचण्डलाई पनि सोही कार्यका लागि भेट्न लागेको खनालले बताए।
'उहाँलाई पनि भेटेर धन्यवाद दिन्छु,' उनले भने।
खनालले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
'त्यो कठिन बेलामा उहाँले मलाई सहयोग, सद्भाव प्रकट गर्नुभयो। त्यसकारण मैले उहाँलाई धन्यवाद दिएँ,' सम्मानी नेता खनालले भने।